spot_img

सर्लाहीमा मोटरसाइकल ठक्करले वृद्धको मृत्यु

spot_img
spot_img

सर्लाही,०३ असाेज । सर्लाहीको हरिपूर्वा नगरपालिका, संग्राम्पुर (बाँके सडक खण्ड) मा मोटरसाइकलको ठक्करबाट ६८ वर्षीय गजेन्द्र साहको मृत्यु भएको छ।

भारतीय नम्बर प्लेट बीआर ३० एई ८२२० रहेको मोटरसाइकलले साहलाई ठक्कर दिएको थियो। घटनापछि गम्भीर घाइते भएका साहलाई तत्काल प्रादेशिक अस्पताल मलंगवामा ल्याइएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार मोटरसाइकल चालक, पर्सा गाउँपालिका–५ का २४ वर्षीय श्रवण साहलाई नियन्त्रणमा राखेर घटनाको थप अनुसन्धान भइरहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय