spot_img

पर्साका ९ पालिकामा खाता नखुल्दा कर्मचारी चिन्तित, दशैंमा तलबभत्ता नपाउने अवस्था

spot_img
spot_img

बीरगन्ज,०३ असोज । पर्सा जिल्लाका १४ पालिकामध्ये ९ पालिकाका कर्मचारी यस वर्षको दशैंमा तलबभत्ता र अन्य सेवासुविधा पाउन सक्ने अवस्था नभएको छ।

कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका अनुसार, वीरगञ्ज महानगरपालिका, बहुदरमाई, ठोरी, धोबिनी, कालिकामाई, छिपहरमाई, पकहामैनपुर, जिराभवानी र जगरनाथपुर पालिकाका खाता सञ्चालनमा नआउँदा कर्मचारीहरूलाई तलब भुक्तानी रोकिएको छ।

धोबिनी र पकहामैनपुर गाउँपालिकामा अहिलेसम्म बजेटसमेत पारित नभएको कारण सेवाहरू सुचारु गर्न ढिलाइ भइरहेको छ। धोबिनीका कार्यपालिका सदस्य दिनानाथ कलवारका अनुसार, पूर्व प्रमुख प्रशासकीय अधिकृतले बजेट हिनामिना गरेको र गत वर्षको हिसाब बुझाइ नसकेका कारण चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्न समस्या भएको छ। नयाँ प्रमुख कार्यकारी अधिकृत कृष्ण खतिवडा चाँडै बजेट सार्वजनिक गरी सेवाहरू सुचारु गर्न प्रयासरत रहेको बताए।

त्यस्तै, केही पालिकामा बजेट पारित भए पनि प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा र अन्योलका कारण बजेट सूत्रमा प्रविष्ट गर्ने प्रक्रिया रोकिएको छ।

वीरगञ्ज महानगरपालिकाका कर्मचारीहरूले भने दशैंमा तलब भुक्तानी पाउने सम्भावना रहेको जानकारी दिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय