रुपन्देही,०४ असोज । ओमसतिया गाउँपालिका–५ सिसहनियाका १५ वर्षीय श्यामु गुप्ताको शव डण्डा नदीमा फेला परेको छ।
गुप्ता बिहीबार दिउँसो सिद्धार्थनगर–९ गोनहियास्थित बाँध नजिकै साथीहरुसँग नुहाउने क्रममा डुबेका थिए। उनी ड्याम नजिकै भिडियो खिच्दै गर्दा नदीमा बेपत्ता भएका हुन्।
स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बिहीबारदेखि नै खोजी थाले पनि तत्काल फेला पर्न सकेका थिएनन्। शुक्रबार बिहानदेखि निरन्तर खोजीलाई तीव्र पार्दा सशस्त्र प्रहरी निरीक्षक खड्ग केसीको नेतृत्वको टोलीले शव भेट्टाएको हो।




