काठमाडौं,०४ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमै रहेकाले देशभर सामान्य बदली देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ भने अन्य प्रदेशमा आंशिक बदली मात्र छ।
दिउँसोतिर कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहने छ भने तराईका अन्य भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। यी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहने महाशाखाले जनाएको छ। तर भारी वर्षा हुने सम्भावना भने नरहेको प्रष्ट पारेको छ।



