spot_img

जेनजी सहिद परिवारलाई मधेश सरकारद्वारा २.५ लाख राहत

spot_img
spot_img

जनकपुर, ४ असोज । मधेश सरकारले जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका सहिदका परिवारलाई प्रतिपरिवार २ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै राहतस्वरूप उक्त रकम उपलब्ध गराउने घोषणा गरेको हो। बैठकले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको प्रभावकारी उपचार सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिएको छ।

त्यस्तै, शान्तिपूर्ण आन्दोलनमा बाह्य घुसपैठका कारण भएको तोडफोड, आगजनी र क्षतिको घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने निर्णय पनि सरकारले गरेको छ।

मधेश प्रदेश सरकारले जेनजी आन्दोलनले उठाएका मागहरूको समाधान भने वर्तमान संविधानकै दायराभित्र खोजिने स्पष्ट पारेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय