Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

मुग्लिन–नारायणगढ सडक १७ घण्टादेखि अवरुद्ध

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०४ असोज । चितवनको इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा गएराति खसेको पहिरोका कारण मुग्लिन–नारायणगढ सडक १७ घण्टादेखि दुईतर्फी बन्द भएको छ।

हिजो बेलुका सवा सात बजेतिर खसेको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध बनाएको हो। माथिबाट ढुङ्गा खस्ने क्रम रोकिएको नभएकाले तत्काल उपकरण खटाउन नसकिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। सुरक्षा जोखिमका कारण गएराति काम रोकिएको र आज दिनभर सडक खोल्न समय लाग्ने अनुमान गरिएको छ।

सडक बन्द हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। वैकल्पिक रूपमा पूर्वतर्फबाट आउने साना गाडीलाई हेटौँडा–कुलेखानी सडक प्रयोग गर्न र पश्चिमतर्फका गाडीलाई कालिगण्डकी करिडोरमार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

ताजा समाचार

थप समाचार