Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026
Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026

नेशनल मेडिकल कलेज र...

बीरगन्ज,२४ माघ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र मानवसेवा आश्रम, बीरगन्जबीच...

रकेटजस्तो वस्तु विस्फोट हुँदा...

राजविराज,२४ माघ । सप्तरीको रुपनी गाउँपालिका–६ दुधैला खोलामा शनिबार शंकास्पद वस्तु विस्फोट हुँदा...

चितवनमा अनुमति प्राप्त ११...

चितवन,२४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्थानीय...

पोखरीया–३ मा कांग्रेस उम्मेदवार...

पोखरीया,२४ माघ । पर्साको पोखरीया नगरपालिका–३ अन्तर्गत फुल्वरीया र बसन्तपुर टोलमा नेपाली कांग्रेसका...
spot_img

जेन(जी) पुस्ताको मागलाई सम्बोधन गर्न काँग्रेस गम्भीर : नेता रिजाल

spot_img

बीरगन्ज,०४ असोज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश रिजालले जेन(जी) पुस्ताको माग र सहभागितालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।

पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै रिजालले हालैको आन्दोलनका क्रममा पार्टी संरचनामा भएको क्षतिप्रति खेद प्रकट गरे। उनले भने, “पार्टीमाथि भएको आक्रमण निन्दनीय छ, तर जेन(जी) पुस्ताको मागलाई सम्बोधन गर्न हामी गम्भीर छौँ।”

भदौ २३ र २४ गतेको आन्दोलनमा काँग्रेसको केन्द्रीय कार्यालयदेखि धेरै जिल्ला र प्रदेश कार्यालयहरू क्षतिग्रस्त भएका थिए। यस घटनापछि पार्टीभित्र नेतृत्व हस्तान्तरण र संरचनागत सुधारबारे बहस तीव्र बनेको छ।

रिजालले कार्यसम्पादन समितिको आगामी बैठकले विशेष महाधिवेशन गर्ने वा नगर्ने विषयमा छिट्टै निर्णय लिने बताए। उनले पार्टीलाई अझ गतिशील, समावेशी र युवामुखी बनाउन आवश्यक पहल गर्ने संकेत पनि गरे।

spot_img

ताजा अपडेट

लोकप्रिय