spot_img

सोमबारसम्म मन्त्रिपरिषद् पूर्णता दिने प्रधानमन्त्री कार्कीको तयारी

spot_img
spot_img

काठमाडौ,०५ असोज । प्रधानमन्त्री सुशीला कार्कीले सोमबारसम्म मन्त्रिपरिषद् पूर्णता दिने तयारी गरेकी छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार मन्त्री पदका लागि नाममा सहमति अन्तिम चरणमा पुगेको छ र आइतबार वा सोमबारसम्म मन्त्रिपरिषद् विस्तार हुने सम्भावना छ।

प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार, जेन–जीका प्रतिनिधिहरूले आफ्ना तर्फबाट प्रस्तावित नाम पठाइसकेका छन्। तर अन्तिम निर्णय भने प्रधानमन्त्री कार्कीले नै गर्नेछिन्। कार्कीले मन्त्रिपरिषद्लाई समावेशी र नयाँ पुस्ताको प्रतिनिधिमूलक बनाउन निरन्तर परामर्श गर्दै आएकी छिन्। यही कारणले विस्तारमा केही ढिलाइ भएको हो।

गत शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले सोमबार रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गरेकी थिइन्। त्यसयता उनले विभिन्न पेशा, व्यवसाय र समुदायसँग व्यापक छलफल गरेकी थिइन्।

मन्त्रिपरिषद् अपूर्ण हुँदा सरकारले महत्वपूर्ण निर्णय अघि बढाउन नसकेको सरकारी अधिकारीहरूको भनाइ छ। नीति, कार्यक्रम र तात्कालिक विषयमा छरितो निर्णय नहुनुले प्रशासनिक प्रक्रियामा समेत ढिलाइ भएको छ।

प्रधानमन्त्री कार्कीले भने संक्रमणकालीन चुनौती समाधान गर्दै सरकारलाई शीघ्र कार्यक्षम बनाउनुपर्ने आवश्यकता दोहोर्‍याएकी छिन्। उनका निकट सहयोगीका अनुसार, मन्त्रिपरिषद् पूर्ण भएपछि सरकारको मुख्य प्राथमिकता सुशासन, पारदर्शिता, रोजगारी सिर्जना र भ्रष्टाचार नियन्त्रण हुने छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय