spot_img

प्रधानमन्त्री कार्कीले डा. महावीर पुनलाई मन्त्री बन्न अफर

spot_img
spot_img

काठमाडौ,०५ असोज । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले डा. महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्न प्रस्ताव गरेकी छन्।

मन्त्रिपरिषद् विस्तारको तयारीका क्रममा प्रधानमन्त्री कार्की विभिन्न व्यक्तिसँग छलफलमा छन्। यसै क्रममा उनले महावीर पुनसहित केही युवा पत्रकारहरूसँग पनि विचारविमर्श गरेकी हुन्। तर पुनले अहिलेसम्म स्पष्ट जवाफ दिएका छैनन्। उनले  भने, “यो अहिले बोल्ने कुरा होइन।”

जेनजी युवा आन्दोलनपछिको अन्तरिम चुनावी सरकारले हालसम्म तीनजना मात्र मन्त्री रहेका छन्। भदौ २७ गते नियुक्त सरकारले अर्थमन्त्रीमा पूर्वसचिव रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिंचाइ, शहरी विकास र भौतिक पूर्वाधार मन्त्रीमा कुलमान घिसिङ, गृह तथा कानुन मन्त्रीमा ओमप्रकाश अर्याललाई नियुक्त गरेको थियो।

वैज्ञानिक र सामाजिक अभियन्ताका रूपमा परिचित महावीर पुनलाई सरकारमा समेट्नुपर्ने माग युवा पुस्ताबाट उठिरहेको छ। पुनले नेपालमा पहिलोपटक ताररहित इन्टरनेट सेवा सञ्चालन गरेका थिए र यसका लागि रोमन म्यागासेसे पुरस्कारसमेत प्राप्त गरेका छन्।

उनले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरी देशमा सूचना, प्रविधि र आविष्कारमार्फत विकासका सम्भावनाहरूको खोजी गरिरहेका छन्। वर्षौं बन्द रहेको कृषि औजार कारखाना पनि पुनले आविष्कार केन्द्रमार्फत सञ्चालनमा ल्याएका छन्। हालै उनी आफ्नो किताब बिक्रीबाट कारखाना सञ्चालनको लागि रकम संकलनसमेत गर्दै आएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय