spot_img

समयमै आयोजना सम्पन्न नगर्ने ठेक्कासँग सम्झौता तोड्ने मन्त्री घिसिङको चेतावनी

spot_img
spot_img

काठमाडौ,०५ असोज । ऊर्जा, भौतिक योजना तथा सहरी विकासमन्त्री कुलमान घिसिङले मुलुकमा सुशासन कायम गर्न समयमा आयोजना पूरा नगर्ने ठेक्का वा सम्झौता हुने स्थिति सहन नहुने स्पष्ट चेतावनी दिएका छन्।

आइतबार सिंहदरबारमा नेपाल निर्माण व्यवसायी महासंघसँग भएको छलफलमा मन्त्री घिसिङले जेनजी आन्दोलनपछि मुलुकमा आएको परिवर्तनलाई कायम राख्न सवै पक्षले सुशासन पालना गर्नुपर्नेमा जोड दिए। उनले सबै मन्त्रालय र सचिवहरुलाई सरकारको निर्देशन पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन्।

मन्त्री घिसिङले भने, “जिम्मेवारी लिएर पनि आयोजना समयमै सम्पन्न नगर्ने ठेक्का वा सम्झौतासँग सम्झौता तोडिनेछ।” उनले भ्रष्टाचार र काम नगर्ने प्रवृतिलाई अन्त्य गर्न आवश्यक कदम चाल्नुपर्ने पनि बताएका छन्।

महासंघका अध्यक्ष रवि सिंहका अनुसार छलफलमा जेनजी पुस्ताको आन्दोलनपछिको निर्माण क्षेत्रको अवस्था, रुग्ण आयोजना खारेज गर्दा पर्ने असर र उपभोक्ता समिति मार्फत भ्रष्टाचार नियन्त्रणका उपायहरूबारे सल्लाह भएको थियो।

निर्माण क्षेत्रमा देखिएका व्यवधान हटाएर मुलुकको अर्थतन्त्र चलाउन वर्तमान सरकारले कदम चाल्ने विश्वास मन्त्री घिसिङ र व्यवसायीले व्यक्त गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय