spot_img

कांग्रेसको केन्द्रीय कार्यालयसहित ४८ जिल्ला कार्यालय ध्वस्त

spot_img
spot_img

काठमाडौं,०५ असोज । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले नेपाली कांग्रेसलाई ठूलो क्षति पुर्‍याएको छ। पार्टीको केन्द्रीय कार्यालय र देशका ४८ जिल्ला कार्यालयहरू जलेर ध्वस्त भएका छन् ।

पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार सार्वजनिक गरेको विवरणमा यो जानकारी दिइएको हो । ध्वस्त भएका जिल्ला कार्यालयहरूमा झापा, मोरङ, सुनसरी, धनुषा, काठमाडौं, ललितपुर, चितवन, कास्की, रुपन्देही, सुर्खेत, कैलाली, र कञ्चनपुर लगायतका जिल्लाहरू रहेका छन् । पार्टी कार्यालयहरूमा मात्र नभई, आन्दोलनका क्रममा कांग्रेसका आठ जना पदाधिकारीसहित ३६ केन्द्रीय नेता र जिल्ला तथा स्थानीय तहका ९५ जना नेताको घरमा पनि आगजनी भएको छ । यसले पार्टीलाई अर्बौं रुपैयाँको क्षति भएको अनुमान गरिएको छ ।

आन्दोलनकारीहरूले सार्वजनिक सम्पत्ति, सरकारी भवन, सवारी साधन, तथा निजी व्यवसायहरूमा ठूलो क्षति पुर्‍याएका थिए। यसै क्रममा नेपाली कांग्रेसको केन्द्रीय र जिल्ला कार्यालयहरू पनि निशानामा परेका थिए । यस घटनाले नेपाली कांग्रेसको संगठनमा गम्भीर असर पुर्‍याएको छ । देशभरका कार्यालयहरू ध्वस्त भएपछि पार्टी सञ्चालन र संगठनात्मक गतिविधिमा चुनौती थपिएको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय