spot_img

दशैंमा गहवामाई मन्दिरमा मोबाइल प्रयोग प्रतिबन्ध, सेल्फी–टिकटक खिच्न रोक

spot_img
spot_img

बीरगन्ज,०५ असोज । हिन्दूहरूको महान् चाड दशैं सोमबारदेखि सुरु हुँदैछ। यस अवसरमा बीरगन्जस्थित प्रसिद्ध शक्तिपीठ गहवामाई मन्दिरमा दैनिक बिहान–साँझ हजारौं भक्तजन पूजापाठका लागि आउने गर्दछन् भने सप्तमीदेखि नवमीसम्म ठूलो मेला लाग्ने परम्परा छ।

दर्शनार्थीहरूको सहजता र सुरक्षाका लागि मन्दिर व्यवस्थापन समितिले यस वर्ष विशेष नियमहरू लागू गरेको छ। समितिका अध्यक्ष नरेन्द्र साहका अनुसार दशैं अवधिभर मन्दिर प्रांगणभित्र मोबाइलको अनावश्यक प्रयोगमा प्रतिबन्ध लगाइएको छ। विशेषगरी सेल्फी खिच्ने, टिकटक वा अन्य भिडियो बनाउन पूर्ण निषेध गरिएको छ।

यसका साथै, मन्दिर र भक्तजनको सुरक्षाका लागि परिसरभित्र र विभिन्न स्थानमा सिसिटिभी क्यामेरा जडान गरिएको अध्यक्ष साहले जानकारी दिए। भक्तजनलाई सुनचाँदीका गरगहना लगाएर नआउन तथा ल्याएमा त्यसको सुरक्षा आफैं गर्ने सुझावसमेत समितिले सार्वजनिक गरेको छ।

दशैं अवधिभर मन्दिर प्रांगणमा बिहान ६ बजेदेखि ८ बजेसम्म निःशुल्क प्राथमिक उपचार शिविर सञ्चालन गरिने व्यवस्थापन समितिले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय