spot_img

अमलेखगंजमा मिनि ट्रकसहित २३६ किलो गाँजा बरामद

spot_img
spot_img

बारा,०६ असोज । बारा जिल्लाको जितपुरसिमरा उ.म.न.पा–२१, अमलेखगंजमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।

मिति २०८२ असोज ६ गते दिउँसो करिब १ बजेतिर इलाका प्रहरी कार्यालय अमलेखगंज अगाडिको चेकपोइन्टमा प्रहरी नायब निरीक्षक धन प्रसाद श्रेष्ठको कमाण्डमा खटिएको टोलीले मकवानपुरबाट बीरगन्जतर्फ आउँदै गरेको बा २ ख ९५६९ नम्बरको मिनि ट्रकलाई रोकि चेकजाँच गर्दा गाँजा फेला परेको हो।

ट्रकको छतमाथि फल्स बटम बनाई ट्रिपालले छोपेर लुकाइएका २८ पोका गाँजा प्लास्टिकसहित बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गाँजाको तौल २३६ किलो ७५० ग्राम छ।

सो क्रममा मकवानपुर कैलाश गाउँपालिका–१० बस्ने ३८ वर्षीय रमेश रुम्बा (सानुलाल रुम्बाको छोरा) लाई नियन्त्रणमा लिइएको छ। मिनि ट्रक र गाँजा समेतसहित उनी अहिले इलाका प्रहरी कार्यालय अमलेखगंजमै राखिएको प्रहरीले जानकारी दिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय