spot_img

चार नवनियुक्त मन्त्रीले गरे शपथ ग्रहण

spot_img
spot_img

काठमाडौं, ६ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार शितलनिवासमा आयोजित विशेष समारोहमा चार नवनियुक्त मन्त्रीलाई शपथग्रहण गराएका छन्।

शपथ लिनेमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल र विज्ञ मदन परियार रहेका छन्।
सिन्हाले उद्योग, कानुन तथा भूमि मन्त्रालयको जिम्मेवारी पाएका छन् भने पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्हाल्ने भएका छन्। त्यस्तै खरेल सञ्चार तथा सूचना मन्त्रालयमा र परियार कृषि मन्त्रालयमा नियुक्त भएका छन्।

यसअघि स्वास्थ्य मन्त्रालयका लागि अतिरिक्त सचिव डा. संगीता मिश्राको नाम सिफारिस भए पनि अन्तिम समयमा आएर ‘होल्ड’ गरिएको छ।

गत भदौ २७ गते प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अब मन्त्रिपरिषद् ८ सदस्यीय बनेको छ। शपथ समारोहमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानमन्त्री कार्कीलगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिती रहेको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय