काठमाडौँ,०६ असाेज । नयाँ नियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले किसानका समस्यालाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन्।
शितल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री परियारले दुग्ध र उखु किसानका समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले फागुन २१ गते निर्वाचन गराउनु सरकारको प्रमुख कार्यभार भएको उल्लेख गर्दै सो प्रक्रिया सफल बनाउन सबै पक्षसँग सहकार्य गर्ने बताए। साथै, मल आयातमा देखिने अवरोधलाई अध्ययन गरी समाधान खोज्ने आफ्नो प्रयास रहने स्पष्ट पारे।




