spot_img

जेनजी आन्दोलनको आगजनीमा घाइते घरेलु कामदारको मृत्यु

spot_img
spot_img

बीरगन्ज,०७ असोज । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनीमा गम्भीर घाइते भएकी घरेलु कामदार सोशीलादेवी हजराको उपचारका क्रममा मृत्यु भएको छ। ४५ वर्षीया हजरा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको बीरगन्ज–१३ स्थित घरमा कार्यरत थिइन्।

घरमा अराजक समूहले तोडफोड, लुटपाट र आगजनी गर्दा उनी गम्भीर घाइते भएकी थिइन्। घटनाको समयमा घरको तेस्रो तल्लामा रहेकी हजरालाई भारत बिहारका १८ वर्षीय विनय यादवसहित उद्धार गरिएको थियो। शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेकी हजरालाई बीरगन्जको नेशनल मेडिकल कलेज हुँदै थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो। त्यहीँ सोमबार बिहान १०:२२ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त घटनामा घाइते भएका यादव अहिले पनि कीर्तिपुर बर्न अस्पतालमै उपचाररत छन्। उनको शरीरको करिब ९० प्रतिशत भाग जलेको भए पनि अवस्था सुधारोन्मुख रहेको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

प्रहरीका अनुसार सो आगजनी जेनजी आन्दोलनको नाममा भएको अराजक गतिविधि हो र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय