spot_img

चाडपर्वमा चितवन निकुञ्जमा सुरक्षामा कडाइ

spot_img
spot_img

चितवन,०७ असोज । चाडपर्वको समयमा चोरीसिकारी र तस्करी गतिविधि हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षा कडा पारिएको छ। विदेशी र जिल्लाबाहिरका व्यक्तिहरु निकुञ्ज क्षेत्रमा आउने क्रम बढेसँगै सुरक्षा चुनौती पनि बढ्ने भएकाले आवश्यक पूर्वतयारी गरिएको हो।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार सुरक्षा कडाइ अन्तर्गत क्षेत्रभित्रका ३२ वटा सीसीटीभी क्यामेरा मर्मत गरी सञ्चालनमा ल्याइएको छ। साथै, ५७ वटा पोष्ट सक्रिय राखिएको छ र हात्ती, पैदल तथा छोटो–लामो दुरीको गस्ती बढाइएको छ।

“चाडपर्वको समयमा चोरीसिकारी नियन्त्रण गर्न र वन्यजन्तुको सुरक्षा सुनिश्चित गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ,” थापा मगरले बताए। निकुञ्जमा बसोबास गर्ने स्थानीयवासीहरूलाई पनि सचेत रहन र समुदाय स्तरका संरक्षण क्लबहरूलाई जागरूक गराउने कार्य तीव्र गरिएको छ।

चितवन राष्ट्रिय निकुञ्ज ९५२.६३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ र हरेक वर्ष चाडपर्वमा तस्करीको प्रयास हुने गरेकोले यस वर्ष उच्च सतर्कता अपनाइएको सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय