Date
बिहि, फाल्गुन ७, २०८२
Thu, February 19, 2026
Date
बिहि, फाल्गुन ७, २०८२
Thu, February 19, 2026

सर्लाहीमा तीन मोटरसाइकल आपसमा...

सर्लाही,०७ फागुन । सर्लाहीको बाँके–सङ्ग्रामपुर सडकखण्ड अन्तर्गत खीला गाउँ नजिक बुधबार राति भएको...

एमालेले आज घोषणापत्र सार्वजनिक...

काठमाडौं,०७ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आज...

‘टिम नेपाल’मार्फत पाँच वर्षमै...

जनकपुर,०७ फागुन । गगन थापा ले ‘टिम नेपाल’को अवधारणा अघि सार्दै पाँच वर्षभित्र...

लोकतान्त्रिक–प्रगतिशील शक्तिलाई विजयी गराउन...

काठमाडौं,०७ फागुन । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता झलनाथ खनाल ले...
spot_img

जेनजी आन्दोलनमा क्षतिग्रस्त गण्डक प्रहरी चौकीलाई सामग्री सहयोग

spot_img

बीरगन्ज,०७ असोज । जेनजी आन्दोलनका क्रममा तोडफोड भई क्षति पुगेको वीरगञ्ज गण्डक प्रहरी चौकीलाई पुनः सञ्चालनमा ल्याउन आवश्यक सामग्री सहयोग प्रदान गरिएको छ।

उक्त सहयोग उत्कर्ष नेपाल, उपकार सेवा नेपाल र बीरगन्ज  पब्लिक कलेज (BPC) को संयुक्त पहलमा गरिएको हो। सहयोगअन्तर्गत प्रहरी चौकीलाई दैनिक कामकाज र सेवाप्रवाह सहज बनाउनका लागि कुर्सी, टेबल, चालाकल, इलेक्ट्रिक मोटर, खाना पकाउने भाँडाकुडा, बेडसिट, डसना र तकिया लगायतका सामग्री हस्तान्तरण गरिएको छ।

यस सहयोगले प्रहरी चौकीलाई पुनः सेवा सञ्चालनमा मद्दत पुग्ने र स्थानीय सुरक्षालाई व्यवस्थित बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रमका क्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, सदस्य सुमन बगेडिया, संरक्षक पद्मा देवी सरावगी, BPC कलेजका दीपक शाक्य र उत्कर्ष नेपालका प्रतिनिधिहरू उपस्थित थिए।

उपस्थितहरूले तीन संस्थाको अग्रसरतामा गरिएको यो पहलले प्रहरी–समुदाय सहकार्यलाई अझ सुदृढ बनाएको बताएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय