spot_img

छठपछि हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि दुर्गा प्रसाईँको आन्दोलन घोषणा

spot_img
spot_img

काठमाडौँ,०७ असोज । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले देशमा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका छन् ।

मङ्गलबार पत्रकार सम्मेलन गर्दै उनले जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारप्रति असन्तुष्टि प्रकट गर्दै उनले छठलगत्तै अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

‘हामी दसैँ, तिहार र छठपछि यो देशमा हिन्दु राष्ट्र र वैदिक सनातन धर्म सापेक्ष किरात बौद्धसहितको हिन्दु अधिराज्य कायमको माग राखेर आन्दोलन गर्छौँ’, पत्रकार सम्मेलनमा उनले भने, ‘पुनर्स्थापना नभएसम्म आन्दोलन रोकिँदैन ।’

उनले कोठाभित्र बसेर सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस नलेख्ने बताउँदै भने,’आन्दोलनको नेतृत्व हामी लिन्छौँ । देशमा २०४७ सालको संविधान पुनर्स्थापनाका लागि लड्छौँ ।’

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय