बीरगन्ज,०७ असोज । पर्सा जिल्लामा स्रोत नखुलेको ठूलो रकमसहित एक व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। बीरगन्ज महानगरपालिका–१६, भन्सार मेनगेट नजिक संयुक्त सुरक्षादलले भारततर्फबाट नेपाल प्रवेश गर्ने क्रममा मोटरसाइकल चेकजाँच गर्दै उक्त नगद बरामद गरेको हो।
स.प्र.स.नि. सुजय कुमार सिंहको कमाण्डमा ३ जना सुरक्षाकर्मी र स.प्र.स.नि. मो.हमद मुस्ताक अलीको कमाण्डमा ७ जना सुरक्षाकर्मीको टोलीले भारततर्फबाट नेपाल प्रवेश गर्ने क्रममा BR 05 BF 0469 नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा उक्त नगद बरामद भएको हो।
बरामद विवरण १००० दरका नोट ५१५ वटा,५०० दरका नोट ५७२ वटा,१०० दरका नोट ६० वटा कुल जम्मा नगद रकम नेपाली रुपैयाँ आठ लाख सात हजार रुपैया बरामद मोटरसाइकलको अनुमानित मूल्य रु. १,५०,००० (एक लाख पचास हजार मात्र) नियन्त्रणमा परेका व्यक्तिको नाम राजेश कुमार साह तेली उमेर करिब ४३ वर्ष ठेगाना पर्सा जिल्ला, सखुवापर्सौनी गाउँपालिका–०५ उक्त नगदको वैध स्रोत खुलाउन नसकेपछि साहलाई बरामद मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि बीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।
यस घटनासँगै सीमा क्षेत्रमा स्रोत नखुलेको नगद तथा अवैध कारोबार रोकथाममा सुरक्षातन्त्र कडाइ हुँदै गएको प्रहरीको दाबी छ।



