spot_img

संघीयता बचाउन नेतृत्व गरिरहेको छु : मधेस मुख्यमन्त्री सिंह

spot_img
spot_img

जनकपुर,०७ असाेज  । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आफू पदलोभका कारण मुख्यमन्त्री नभई संघीयताको रक्षा गर्ने जिम्मेवारीसहित नेतृत्व गरिरहेको स्पष्ट पारेका छन्।

प्रदेशसभाको सोमबार बसेको बैठकमा सिंहले सामाजिक सञ्जालमार्फत आएको राजीनामाको चर्चाबारे प्रष्टोक्ति दिँदै भने, “संघीयता संकटमा परेको बेला म भाग्ने मान्छे होइन। त्यतिबेला सामाजिक सञ्जालमा राजीनामा दिन भनिएको थियो, तर राजीनामा त प्रदेश प्रमुखलाई बुझाउनुपर्ने हुन्छ। अहिलेको आवश्यकता भनेकै एकजुट भई संघीयतालाई बचाउनु हो।”

उनले आवश्यक परे मार्ग प्रशस्त गर्न आफू तयार रहेको पनि दोहोर्याए।

बैठकमा जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले मुख्यमन्त्री सिंहमाथि कटाक्ष गर्दै भने, “जब मान्छे पद र दायित्व बिर्सन्छ, आन्दोलन हुन्छ। यस्ता पदभ्रष्ट व्यक्तिलाई माता दुर्गाले सद्बुद्धि प्रदान गरुन्।” यादवले जनमत पार्टी अब विपक्षीको भूमिकामा रहेर पनि संघीय लोकतान्त्रिक व्यवस्थाको पक्षमा जिम्मेवारीपूर्वक अघि बढ्ने बताए।

मधेस प्रदेशसभाको अर्को बैठक असोज ८ गते दिउँसो १ बजे बस्ने तय भएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय