चितवन,०७ असाेज । मुग्लिन–नारायणघाट सडक खण्डको तुइन खोला पुल नजिक मङ्गलबार साँझ फेरि ठूलो पहिरो खसेपछि दुईतर्फी आवागमन अवरुद्ध भएको छ।
सडक डिभिजन भरतपुरका अनुसार लगातार पहिरो खसिरहेकाले तत्कालै पन्छाउने काममा कठिनाइ भएको छ। यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।
यसअघि पनि गत शुक्रबार सोही स्थानमा पहिरो खसेर यातायात अवरुद्ध भएको थियो।



