spot_img

बागमती नदीमा डुबेका किशोरको शव फेला

spot_img
spot_img

रौतहट,०७ असोज । रौतहटको वृन्दावन नगरपालिका–३ विश्रामपुरका १३ वर्षीय रोशन यादवको शव डुबेको झण्डै ३० घण्टापछि बागमती नदीमा फेला परेको छ।

सोमबार बिहान घटस्थापनाको अवसरमा दुर्गा पूजाको कलश शोभा यात्रामा सहभागी भएका रोशन नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए।

घटनापछि प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको टोलीले निरन्तर खोजी गरेको थियो। मंगलबार दिउँसो समनपुर पुलदेखि करिब एक किलोमिटर दक्षिणतर्फ उनको शव भेटिएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी शंकरप्रसाद आचार्यले जानकारी दिए।

रोशन यादव इलाका प्रहरी कार्यालय गरुडामा कार्यरत प्रहरी गजेन्द्र यादवका छोरा हुन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय