Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
5.1 C
Kathmandu
10.6 C
Birgunj
spot_img

पर्साका ६ र बाराका २ स्थानीय तहले अझै चलाएनन् खाता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

 बीरगन्ज,०८ असोज । आर्थिक वर्ष २०८२/०८३ सुरु भएको दुई महिना बितिसक्दा पनि पर्सा र बाराका केही स्थानीय तहहरूले खाता सञ्चालन गर्न सकेका छैनन् । पर्साका १४ मध्ये ८ पालिकाले मात्र खाता सञ्चालन गरेर बजेट निकासा लिएका छन् भने बाराका १६ मध्ये १४ पालिकाले खाता सञ्चालन गरेका छन् ।

कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका प्रमुख मनोजकुमार जोशीका अनुसार मङ्गलवारसम्म बीरगन्ज महानगरपालिका, पोखरिया नगरपालिका, पर्सागढी नगरपालिका, ठोरी गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका, जगरनाथपुर गाउँपालिका, छिपहरमाई गाउँपालिका र कालिकामाई गाउँपालिकाले मात्र खाता सञ्चालन गरी बजेट निकासा लिएका छन् । बाँकी ६ पालिका—बहुदरमाई नगरपालिका, विन्दवासिनी गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका, पकहाँ मैनपुर गाउँपालिका, धोबिनी गाउँपालिका र जिराभवानी गाउँपालिकाले खाता सञ्चालनका लागि आवश्यक फाइलसमेत पेस गरेका छैनन् ।

बाँकी ६ पालिका—बहुदरमाई नगरपालिका, विन्दवासिनी, सखुवा प्रसौनी, पकहाँ मैनपुर, धोबिनी र जिराभवानी गाउँपालिकाले भने आवश्यक प्रक्रिया नै सुरु गरेका छैनन्। यीमध्ये धोबिनी, पकहाँ मैनपुर र विन्दवासिनीमा गाउँसभा नहुनु मुख्य कारण बनेको छ।

बारा जिल्लामा भने १६ मध्ये १४ पालिकाले खाता सञ्चालन गरिसकेका छन्। तर निजगढ नगरपालिका र बारागढी गाउँपालिकाले अझै प्रक्रिया पूरा गर्न सकेका छैनन्। जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी हुँदा यी पालिकामा ढिलाइ भएको हो।

दसैं नजिकिँदै गर्दा खाता सञ्चालनमा ढिलाइ भएकाले कर्मचारीको तलब तथा भत्ता वितरणमा समस्या हुने र विकास निर्माण कार्य रोकिने जोखिम बढेको सरोकारवालाहरूको भनाइ छ।

ताजा समाचार

थप समाचार