Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
6.1 C
Kathmandu
12.1 C
Birgunj
spot_img

पूर्वप्रधानमन्त्री देउवा र पत्नी आरजु राणा आज अस्पतालबाट डिस्चार्ज

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,०८ असोज । जेनजी आन्दोलनका प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा आज अस्पतालबाट डिस्चार्ज भएका छन्।

स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि चिकित्सकहरूको सल्लाहमा उनीहरूलाई डिस्चार्ज दिइएको हो।

अस्थायी निवासका लागि ललितपुरको सानेपा वा जावलाखेलमध्ये एक स्थानमा बस्ने तयारी भइरहेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। बूढानीलकण्ठस्थित देउवाको निजी निवासमा आक्रमण हुँदा घर क्षतिग्रस्त भएकाले त्यसको पुनर्निर्माण नहुँदासम्म उनीहरू ललितपुरमा बस्ने भएका हुन्।

आक्रमणका क्रममा देउवाको गर्दनमा धारिलो हतियारले प्रहार हुँदा आठ वटा टाँका लगाइएको थियो। यस्तै, डा. राणाको पनि गर्दनमा चोट लागेको थियो। टाँका खोलिएपछि र अन्य स्वास्थ्य जटिलता नदेखिएपछि उनीहरूलाई डिस्चार्ज गर्न लागिएको अस्पतालले जनाएको छ।

नयाँ निवासको व्यवस्थापनमा कांग्रेस नेताहरू सक्रिय छन्। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर ललितपुरको निवास छनोट भइरहेको छ। जावलाखेलको घर मध्यबजारमा रहेकोले सुरक्षाका दृष्टिले त्यति उपयुक्त नभएको सुझाव नेताहरूले दिएका छन्। त्यसैले, सानेपास्थित डा. राणाको माइती घर वा उनका भाइको जावलाखेलस्थित घरमध्ये एउटामा बस्ने सम्भावना रहेको छ।

ताजा समाचार

थप समाचार