काठमाडौं,०८ असोज । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीबीच आज राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ।
राष्ट्रपतिको सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, फागुन २१ मा तय भएको प्रतिनिधिसभा निर्वाचनको तयारी र देशको सुरक्षा अवस्थाबारे छलफल गरिएको थियो।
भेटवार्ता औपचारिक छलफलको रूपमा लिइएको र यसले आगामी निर्वाचन तथा सुरक्षा व्यवस्थापनमा समन्वय सुदृढ गर्ने विश्वास गरिएको छ।



