Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

पर्साका सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

spot_img

बीरगन्ज,०९ असोज । पर्सा जिल्लाका दुई प्रमुख सरकारी अस्पताल नारायणी र पोखरिया अस्पतालमा विगत लामो समयदेखि सरकारले उपलब्ध गराउँदै आएको एन्टि-रेबिज भ्याक्सिनको (एआरभी) चरम अभाव देखिएको छ । यस अभावका कारण कुकुर, बिरालो वा स्यालको टोकाइबाट जोखिममा परेका बिरामीहरूको जीवन जोखिममा परेको छ भने उनीहरू महँगोमा निजी स्वास्थ्य संस्थामा धाउन बाध्य भएका छन् ।

प्राप्त जानकारी अनुसार नारायणी अस्पतालमा विगत करिब चार महिना देखि तथा पोखरिया अस्पतालमा तीन महिना जति अघिदेखि रेबिजविरुद्धको खोप सकिएको छ। समग्रमा पर्साका सरकारी अस्पतालहरूमा विगत आठ महिना देखि नै यो जीवनरक्षक खोपको उपलब्धतामा गम्भीर संकट आएको छ।

पोखरिया अस्पतालका मेडिकल सुपरिडेन्ट (मेसु) आनन्द रौनियारले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा बारम्बार जानकारी गराउँदा पनि अहिलेसम्म खोप पठाइएको छैन । रेबिजविरुद्धको खोप लिनका लागि वीरगञ्ज र आसपासका गाउँहरूबाट मात्र नभई छिमेकी जिल्लाहरूबाट समेत सेवाग्राहीहरू नारायणी अस्पतालमा आउने गर्छन्। तर, खोप नहुँदा उनीहरू रित्तै हात फर्किनुपर्ने बाध्यता छ ।

नारायणी अस्पतालका फिजिसियन डा. निरज सिंह भन्छन्, “बारा, पर्साको ग्रामीण क्षेत्रबाट दैनिक २० देखि २५ जना सेवाग्राहीहरू आउँछन् । सुई नभएकोले त्यसै फर्काउनुपर्ने बाध्यता छ।” डा. सिंहले खोपको माग गर्दा पनि स्वास्थ्य विभागले उपलब्ध गराउन नसकेकोमा चिन्ता व्यक्त गरे ।

सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध भनिए पनि सेवा शुल्कबापत करिब १०० रुपैयाँ लिइने यो खोप अभावका कारण बिरामीहरूले निजी मेडिकल वा क्लिनिकहरूबाट खरिद गर्न बाध्य छन् । निजी औषधी पसल वा क्लिनिकहरूले प्रति भाइल ५ सय देखि ७ सय रुपैयाँ सम्म लिने गरेका छन् । चिकित्सकहरूले आवश्यकता हेरी तीनदेखि पाँच भाइलसम्म सुई लगाउन सल्लाह दिने भएकाले, आर्थिक रूपमा कमजोर रहेका बिरामीहरूलाई यो ठूलो आर्थिक भार परेको छ।

कतिपय बिरामीहरू त खोप लिनका लागि सीमावर्ती भारतको रक्सौलस्थित डंकन अस्पताल सम्म पुग्न समेत बाध्य भएका छन् । रेबिज भाइरसबाट संक्रमित बाघ, स्याल, बाँदर जस्ता जंगली जनावर, साथै भुस्याहा तथा घरपालुवा कुकुर, बिरालो लगायतले मानिसलाई टोकेमा तत्काल रेबिजविरुद्धको खोप लगाउनुपर्छ। रेबिज भाइरसले स्नायु प्रणालीमा प्रवेश गरेपछि मस्तिष्कलाई गम्भीर क्षति पुर्‍याउँछ, जसले अन्ततः मृत्यु निम्त्याउँछ। एक पटक लक्षण देखिएपछि यसबाट बच्ने सम्भावना लगभग शून्य हुन्छ।

विश्व स्वास्थ्य संगठन (WHO) ले समेत रेबिजको जोखिममा रहेका सबै मानिसलाई खोप लगाउन सिफारिस गरेको छ । नेपालमा कुकुरको टोकाइ एक प्रमुख जनस्वास्थ्य समस्या भएकाले रेबिज नियन्त्रण गर्न खोप अत्यावश्यक मानिन्छ । यसलाई Post-Exposure Prophylaxis (PEP) भनिन्छ ।

पर्साका सरकारी अस्पतालहरूमा खोपको अभावले बिरामीहरूको जीवन जोखिममा पर्नु र उनीहरूले महँगो उपचार खोज्नुपर्ने बाध्यता सिर्जना हुनुले जनस्वास्थ्य सेवाको गुणस्तर र आपूर्ति प्रणाली माथि गम्भीर प्रश्नहरू खडा गरेको छ । सरोकारवाला निकायहरूले तत्काल खोप उपलब्ध गराएर सेवा सुचारु गर्न आवश्यक देखिएको बुद्धिजिवी तथा समाजिक अभियन्ताहरुको भनाई छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय