spot_img

दसैँलाई लक्षित गर्दै जनकपुरमा कडा सुरक्षा, १२ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

spot_img
spot_img

जनकपुर,०९ असाेज । दसैँमा जनकपुरधाममा हुने भीडभाडलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। श्रद्धालुहरूको घुइँचो लाग्ने भएकाले नगरका प्रवेशद्वारदेखि गाउँगाउँसम्म निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

सुरक्षाका लागि ८०५ नेपाल प्रहरी र ४५० सशस्त्र प्रहरी गरी १२ सयभन्दा बढी सुरक्षाकर्मी खटाइएका छन्। प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार चेकपोस्ट, गस्ती टोली र सादा पोसाकका सुरक्षाकर्मीमार्फत निगरानी बलियो बनाइएको हो।

भीड बढ्ने चाडपर्वमा अवाञ्छित गतिविधि हुन नदिन प्रहरी सक्रिय हुने बताइएको छ। सहरी क्षेत्रमा ५ मिनेट र ग्रामीण क्षेत्रमा १० मिनेटभित्रै प्रहरी पुग्ने तयारी मिलाइएको पनि एसपी रेग्मीले जानकारी दिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय