spot_img

बीरगन्जमा जेसीजद्वारा मानव सेवा आश्रमलाई ७५ थान फूलको गमला प्रदान

spot_img
spot_img

बीरगन्ज,०९ असोज । बीरगन्ज जेसीजले आफ्नो ५३औं स्थापना दिवसको अवसरमा जेनजी आन्दोलनका शहीदहरूको स्मृतिमा मानव सेवा आश्रम वीरगन्ज शाखालाई ७५ थान फूलसहितको गमला प्रदान गरेको छ। ‘एक शहीद, एक फूलसहितको गमला’ नारासहित आयोजित कार्यक्रम बुधबार साँझ मानव सेवा आश्रम परिसरमै सम्पन्न भएको हो।

कार्यक्रममा बीरगन्ज जेसीज २०२५ का अध्यक्ष सरोज चौरसियाले आश्रमका संस्थापक देवेश गुप्तालाई फूलसहितको गमला हस्तान्तरण गरे। सो अवसरमा अध्यक्ष चौरसियाले सुशासन र परिवर्तनका लागि ज्यान गुमाएका जेनजी आन्दोलनका शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै भने, “त्यो आन्दोलनले युवा पुस्तामाथि अझ ठूलो जिम्मेवारी थपेको छ।”

उनले बीरगन्ज जेसीजले हरेक वर्ष आफ्नो स्थापना दिवस समाजसेवा मार्फत मनाउँदै आएको उल्लेख गर्दै यस वर्ष पनि त्यसलाई निरन्तरता दिएको बताए। मानव सेवा आश्रमका संस्थापक देवेश गुप्ताले बीरगन्ज जेसीजको सामाजिक उत्तरदायित्वप्रति प्रशंसा व्यक्त गर्दै, “युवाहरूको सक्रियताले समाजमा सकारात्मक परिवर्तन सम्भव छ,” भन्ने विश्वास व्यक्त गरे।

कार्यक्रम जेसीज अध्यक्ष सरोज चौरसियाको अध्यक्षता र समाजसेवी पशुपतिविक्रम शाहको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा समाजसेवी उषा शाह, वीरगन्ज जेसीजका पूर्वअध्यक्षहरू गणेशमान श्रेष्ठ, निशान्त लामिछाने, अरबिन्द श्रेष्ठ, मधु राणा लगायतको उपस्थिति रहेको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय