Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

रक्सौल नाकामा फर्जी पासपोर्टसहित नाइजेरियन नागरिक पक्राउ

spot_img

बीरगन्ज,०९ असोज । भारत–नेपाल सीमाको रक्सौल नाकामा फर्जी पासपोर्ट प्रयोग गरी भारत प्रवेश गर्न खोज्ने एक नाइजेरियन नागरिकलाई नेपाली आव्रजन विभागले पक्राउ गरेको छ। नेपालबाट भारततर्फ प्रवेश गर्ने क्रममा शंका लागेपछि गरिएको कडा जाँचपडतालका क्रममा ती नाइजेरियन नागरिकको पासपोर्ट नक्कली भएको पुष्टि भएको हो।

आव्रजन विभागका अनुसार पक्राउ परेका विदेशी नागरिकले प्रयोग गरेको पासपोर्टको विवरण र स्वरुप मिल्दो नभएको पाइएपछि गहिरो छानबिन गरिएको थियो। जाँचपछि उक्त पासपोर्ट फर्जी रहेको खुलेपछि उनलाई नियन्त्रणमा लिइएको हो। सीमा क्षेत्रमा पछिल्लो समय फर्जी कागजातका आधारमा आवत–जावत गर्ने क्रियाकलाप बढ्दै गएकोप्रति सुरक्षा निकायहरू सजग बनेका छन्। आव्रजन विभागले यस्ता गतिविधि नियन्त्रण गर्न चेकजाँचलाई कडा बनाएको जनाएको छ।

“सीमामा अवैध गतिविधि रोक्न आव्रजनको टोली नियमित रूपमा निगरानी र कडाइका साथ जाँच गर्दै आएको छ,” विभागका एक अधिकारीले बताए।

फर्जी पासपोर्ट प्रयोग गरी सीमा पार गर्न खोज्ने ती नाइजेरियन नागरिकलाई अहिले नियन्त्रणमा राखेर थप अनुसन्धान अगाडि बढाइएको छ। अनुसन्धानपछि कानुनी प्रक्रिया अनुसार कारबाही अघि बढाइने बताइएको छ। सीमा सुरक्षामा खटिएका अधिकारीहरूले यस्ता घटनाले सीमा पार गर्ने विदेशी नागरिकको कडाइपूर्वक जाँचको आवश्यकता झनै बढाएको बताएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय