spot_img

५४ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक

spot_img
spot_img

चितवन,१० असोज । तुईन खोलानजिक गएको ठूलो पहिरोका कारण करिब ५४ घण्टा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा आएको छ।

मंगलबार दिउँसो ४:५५ बजे खसेको पहिरोपछि अवरुद्ध भएको राजमार्गलाई बुधबारदेखि निरन्तर चलाइएको डोजरमार्फत हटाइएपछि बिहीबार रातिदेखि सडक खुलाइएको भरतपुर सडक डिभिजनले जनाएको छ।

यद्यपि, जोखिम अझै कायम रहेको भन्दै सवारीचालकलाई सतर्क रहन आग्रह गरिएको छ। सोही स्थानमा गत शुक्रबार पनि ठूलो पहिरो खसेर सडक ४५ घण्टा अवरुद्ध भएको थियो।

देशको मुख्य व्यापारिक मार्ग मानिने यो खण्ड बारम्बार पहिरोले अवरुद्ध हुँदा यात्रु, ढुवानी र आपूर्ति श्रृंखला प्रभावित हुने गरेको छ। सडक डिभिजनले दीर्घकालीन समाधानका लागि प्राविधिक उपायहरू अघि बढाइरहेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय