spot_img

मधेस सरकारमा लोकतान्त्रिक मोर्चाको दाबी, दल एकताको प्रस्ताव

spot_img
spot_img

जनकपुर,१० असोज । मधेस प्रदेशमा जनमत पार्टीका मुख्यमन्त्री सतिशकुमार सिंह अल्पमतमा परेपछि सात दलसम्मिलित सङ्घीय लोकतान्त्रिक मोर्चाले नयाँ सरकार गठनको दाबी गर्ने तयारी गरेको छ।

जसपा नेपाल, लोसपा, राष्ट्रिय मुक्ति पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी, तमलोपा र जनमत पार्टी समेटिएको मोर्चाले बिहीबार बैठक बसेर सरकार गठनबारे गृहकार्य अघि बढाउने निर्णय गरेको हो। तर डा. सिके राउत नेतृत्वको जनमत पार्टी भने बैठकमा सहभागी भएन।

मोर्चामा आबद्ध दलहरूले आ–आफ्नो स्तरमा छलफल गरेर सरकार गठनका लागि अन्तिम निर्णय लिने बताएका छन्। मधेस प्रदेशमा फिलहाल जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका मात्रै सांसद रहेको अवस्थामा बहुमत जुटाउन कठिन देखिएको छ।

यसैबीच, लोकतान्त्रिक मोर्चाको सचिवालयले दलहरूबीच एकताको प्रस्ताव पनि बैठकमा राखेको छ। शीर्ष नेताहरू एकताबारे सकारात्मक देखिएका र आगामी दिनमा गृहकार्य गर्दै अघि बढ्ने सहमति भएको मोर्चाका नेताले बताएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय