बीरगन्ज,१० असोज । पर्साको छिपहरमाई गाउँपालिका–५ भिष्वामा बिहीबार राति युवकबीचको विवादका क्रममा गोली चल्दा १७ वर्षीय एक युवक घाइते भएका छन्।
घाइतेलाई नारायणी अस्पताल बीरगन्जमा भर्ना गरिएको छ र उनको अवस्था सामान्य रहेको पर्सा प्रहरी प्रमुख सुदीपराज पाठकले जानकारी दिए।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ भने थप अनुसन्धान जारी रहेको जनाएको छ।




