spot_img

ईसेवा र खल्तीबाट दैनिक ४० पटक कारोबार गर्न पाइने

spot_img
spot_img

काठमाडौं,१० असोज । नेपाल राष्ट्र बैंकले दशैँ, तिहारजस्ता चाडपर्वमा डिजिटल कारोबारलाई सहज बनाउन महत्वपूर्ण निर्णय गरेको छ।

राष्ट्र बैंकले इसेवा, खल्ती, नमस्ते पे जस्ता मोबाइल वालेट प्रयोगकर्ताहरूलाई लक्षित गर्दै दैनिक कारोबारको सीमा अस्थायी रूपमा बढाएको छ। पहिले व्यक्तिगत प्रयोगकर्ताले दिनमा अधिकतम १० पटक मात्र कारोबार गर्न पाउँथे भने अब यो सीमा बढाएर दैनिक ४० पटकसम्म कारोबार गर्न पाइने व्यवस्था गरिएको छ।

यो सुविधा असोज १३ गते फूलपातीदेखि पूर्णिमासम्म लागू हुनेछ। राष्ट्र बैंकका अनुसार, यस कदमले चाडपर्वमा डिजिटल दक्षिणा भुक्तानी र किनमेललाई सरल बनाउने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय