Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

पर्सा–बारा औद्योगिक करिडोरमा विद्युतको अभाव

spot_img

बीरगन्ज,१० असोज ।  चाडपर्वको मुखमा देशकै ठूलो पर्सा–बारा औद्योगिक करिडोरमा विद्युत आपूर्तिमा समस्या देखिएको छ।

नेपाल विद्युत प्राधिकरणको भलुही सबस्टेशनमा दुई साताअघि भएको आगलागीका कारण करिडोरका उद्योगले नियमित र गुणस्तरीय विद्युत पाउन सकिरहेका छैनन्। बीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमका अनुसार उपलब्ध विद्युत पनि दैनिक १०–१२ पटक ट्रिपिङ हुने समस्या छ।

करिडोरका करिब १,००० उद्योग विद्युतको अभावका कारण उत्पादनमा घाटा व्यहोर्न बाध्य छन्। निर्यातमुखी उद्योग जस्तै डाबर नेपाल, त्रिवेणी सिनप्याक, शिवशक्ति केमोप्लाष्ट जस्ता ठूला उद्योग डिजेलबाट सञ्चालन भैरहेका छन्।

नेपाल विद्युत प्राधिकरणका अनुसार भलुही सबस्टेशनमा ब्रेकरमा आगो लागेपछि ११ केभी प्रशारण लाइनमा समस्या आएको हो। बिहीबार चारवटा फिडर चालु गरेर उद्योग क्षेत्रमा विद्युत आपूर्तिमा केही सुधार गरिएको छ।

करिडोरलाई सामान्यतया ३००–५०० मेगावाट विद्युत आवश्यक हुन्छ, तर हाल उपलब्ध आपूर्ति मागको आधा मात्र रहेको प्राधिकरणले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय