spot_img

मधेश प्रदेशमा कांग्रेसले नेतृत्व लिनुपर्छ : महामन्त्री शर्मा

spot_img
spot_img

जनकपुर,१० असाेज ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेश प्रदेशमा अब कांग्रेसले नेतृत्व लिने गरी अगाडि बढ्नुपर्ने धारणा राखेका छन्।

बिहीबार झापा हुँदै सप्तरी प्रवेश गरेर जनकपुरधाम पुगेका शर्मा धनुषास्थित क्षतिग्रस्त कांग्रेस पार्टी कार्यालयमा पत्रकारसँग कुरा गर्दै उनले मधेश प्रदेशमा कांग्रेसलाई बलियो बनाउने जिम्मा त्यहाँका नेता तथा कार्यकर्ताले नै लिनुपर्ने बताए। उनका अनुसार, मधेशले कांग्रेसलाई निरन्तर योगदान दिए पनि प्रदेश सरकारको नेतृत्व गर्ने मौका कांग्रेसलाई अझै मिल्न नसकेको हुँदा अब त्यसतर्फ ध्यान दिनुपर्छ।

शर्माले केन्द्रमा पनि कांग्रेस नेतृत्वको शुभेच्छा रहेको उल्लेख गर्दै भने, “संघीयताको मर्मअनुसार प्रदेश सरकार गठनको अधिकार त्यहीँका संसदीय दल र कार्यसमितिसँग छ। त्यसैले मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले अन्य दलसँग छलफल गर्दै सरकार नेतृत्वको प्रक्रिया अगाडि बढाउनुपर्छ।”

उनी मधेश प्रदेशमा कांग्रेस नेतृत्वको वकालत गर्दै गर्दा, एकैसाथ पार्टीको समग्र रूपान्तरणमा पनि जोड दिए। उनका अनुसार, “पुस्तान्तरण मात्र होइन, सबै पुस्तालाई जोडेर नेपाली कांग्रेसलाई रूपान्तरण गर्नुपर्छ। जेनजी पुस्ताको भावना समेत समेट्न सक्ने पार्टी बन्ने हाम्रो लक्ष्य हो।”

यसैबीच, सप्तरीको राजविराजस्थित कांग्रेस पार्टी कार्यालय निरीक्षणका क्रममा शर्माले प्रतिनिधि सभा नभए पनि राष्ट्रपति, राष्ट्रिय सभा र प्रदेश सरकार रहेका अवस्थामा संविधान भने ‘घाइते’ बनेको टिप्पणी गरे। उनका अनुसार, प्रतिनिधि सभा विघटन नगरी संसद्को बैठक बोलाएर आन्दोलनको मागअनुसार सरकार गठन भएको भए संविधानलाई थप सुदृढ बनाउन सकिन्थ्यो।

भदौ २३ गते नवजवानमाथि गोली चलाउनेलाई कडाभन्दा कडा कारबाही गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय