spot_img

राजनीतिक पहुँचका कारण रोकिएका सबै फाइल खोलिन्छन् : गृहमन्त्री अर्याल

spot_img
spot_img

काठमाडाैं,१० असाेज । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक पहुँचका आधारमा रोकिएका सबै फाइल अब खोलिने बताएका छन्।

शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सुशासनमा अवरोध गर्ने राजनीतिक ‘कनेक्शन’ अब भत्किने दाबी गरे।

उनका अनुसार विगतमा अपराध अनुसन्धानदेखि वित्तीय अनियमितता र भ्रष्टाचारसम्बन्धी विषयमा रोकावट भएको छ, तर अब ती सबै फाइल अगाडि बढाइनेछ। “अनुसन्धान गर्ने निकायले व्यावसायिकता देखाउँदै रोकिएका सबै मुद्दा तुरुन्त अघि बढाउनुपर्छ,” मन्त्री अर्यालले भने।

शान्ति, सुरक्षा र सुशासन कायम गर्दै तोकिएको मिति फागुन २१ गते हुने चुनाव सम्पन्न गर्न पनि यस्ता अवरोध हटाउनुपर्ने उनको भनाइ छ।

गएको भदौ २४ गतेको आन्दोलनका क्रममा महाराजगञ्जस्थित सीआईबी कार्यालयमा क्षति पुगेको स्मरण गर्दै उनले त्यसपछि पनि अनुसन्धान कार्य निरन्तर अघि बढाइने बताए।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय