Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026
Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026

वीरगन्ज–८ मा सयौँ नेता–कार्यकर्ता...

वीरगन्ज,माघ २४ । वीरगन्ज महानगरपालिका–८ मा विभिन्न राजनीतिक दल परित्याग गरी नेकपा (एमाले)...

प्रधानमन्त्री कार्कीले अभिनेता थापाको...

काठमाडौं,२४ माघ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनिल थापाको...

आइतबार जुममार्फत कांग्रेस केन्द्रीय...

काठमाडौं,२४ माघ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ। कांग्रेस...

नेपाल–भारत सीमा सुरक्षा र...

इटहरी,२४ माघ । खुला सीमा रहेका नेपाल र भारतबिच सीमा सुरक्षा मजबुत बनाउने...
spot_img

जगरनाथपुरमा उखेलिएका विरुवाको स्थानमा फेरि वृक्षारोपण

spot_img

बीरगन्ज,१० असोज । पर्साको जगरनाथपुर गाउँपालिका–१ पिडारी टोलस्थित ऐलानी जग्गामा अराजक समूहले उखेलेर फालेका विरुवाहरूको स्थानमा गाउँपालिकाले पुनः वृक्षारोपण गरेको छ। गाउँपालिका अध्यक्ष श्रीकान्त यादवको अगुवाइमा नयाँ विरुवा रोपिएको हो।

गत भदौ १ गते गाउँपालिकाले करिब ८ बिघा जग्गामा विभिन्न प्रजातिका २,५०० बढी विरुवा रोपेको थियो। तर भदौ २४ गते राति, ‘जेनजी आन्दोलन’को नाममा अराजक समूहले राजनीतिक प्रतिशोध स्वरूप ती विरुवाहरू उखेलेर नष्ट गरेको गाउँपालिका स्रोतले जनाएको छ। गाउँपालिकाका अनुसार उखेलिएका विरुवाहरूमा आँप, कटहर, जामुन, खयरलगायतका प्रजातिहरू थिए। त्यसपछि अध्यक्ष यादवको नेतृत्वमा सोही स्थानमा पुनः वृक्षारोपण गरिएको हो।

पुनः रोपिएका विरुवाको अवस्थाबारे जानकारी लिन बिहीबार गाउँपालिका अध्यक्ष यादवको अनुरोधमा पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टलगायत सुरक्षा अधिकारीहरूको टोलीले स्थलगत निरीक्षण गरेको छ। गाउँपालिका अध्यक्ष यादवले वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि गाउँपालिकाले वृक्षारोपण कार्यक्रम अघि सारेको भए पनि राजनीतिक स्वार्थ र प्रतिशोधका कारण यसमा अवरोध गरिएको गुनासो गरे।

उनले भने, “हामीले ऐलानी जग्गामा वृक्षारोपण गरेर वातावरण संरक्षणमा योगदान दिन खोजेका थियौं। केही व्यक्तिहरूको गैरजिम्मेवार र अराजक क्रियाकलापले रोपिएका विरुवामा क्षति पुग्यो। तर हामी पछि हटेका छैनौं, पुनः वृक्षारोपण गरेर आफ्नो प्रतिबद्धता प्रमाणित गरेका छौं।” गाउँपालिकाले स्थानीयको सहकार्यमा वृक्षारोपणलाई निरन्तरता दिने जनाएको छ। वातावरण संरक्षण, खुला ठाउँको सदुपयोग र भावी पुस्तालाई हरियाली सन्देश दिने उद्देश्यसहित कार्यक्रम अघि बढाइएको हो।

spot_img

ताजा अपडेट

लोकप्रिय