काठमाडौं,१० असार । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई पनि विदेशबाटै मतदान गर्न मिल्ने सम्भावनाबारे सरकार छलफलमा जुटेको जानकारी दिएकी छिन्।
राष्ट्रको नाममा बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सरकारले निर्वाचन आयोगसँग यो विषयमा औपचारिक छलफल अघि बढाएको बताइन्।
‘देशबाहिर रोजगारीको क्रममा रहनुभएका नेपाली नागरिकलाई विदेशबाटै मतदान गर्न सक्ने व्यवस्था सम्भव छ कि भन्ने विषयमा सरकार गम्भीरताका साथ निर्वाचन आयोगसँग छलफलमा छ,’ प्रधानमन्त्रीले सम्बोधनमा भनिन्।
उनले वैदेशिक रोजगारमा रहेका नेपालीहरूको अधिकार र हितको संरक्षणलाई सरकारले प्राथमिकतामा राखेको स्पष्ट पारिन्। साथै, गैर-नेपाली नागरिकले उठाएका संविधानसम्मत मागप्रति पनि सरकार सकारात्मक रहेको उनले उल्लेख गरिन्।
अन्त्यमा, आगामी प्रतिनिधिसभा निर्वाचनमा सबै नेपालीलाई उत्साहपूर्वक भाग लिन आग्रह गर्दै उनले योग्य जनप्रतिनिधिको चयनका लागि सक्रिय सहभागिताको आह्वान गरिन्।





