spot_img

नवरात्रको छैटौँ दिन स्कन्दमाताको पूजा आराधना

spot_img
spot_img

काठमाडौं,११ असोज । नवरात्रको छैटौँ दिन शनिबार नवदुर्गामध्येकी पाँचौँ रूप स्कन्दमाताको विशेष पूजा–आराधना गरिँदैछ। पञ्चमी तिथिमा परेकाले भक्तजनले घरघरका दशैँघरदेखि शक्तिपीठसम्म स्कन्दमातालाई आराधना गर्दै पूजा अर्चना गरेका छन्।

पुराणअनुसार, स्कन्दमाता भगवान् कार्तिकेय (स्कन्द) की आमा तथा देवी पार्वतीकै रूप हुन्। गोरो वर्ण भएकी स्कन्दमातालाई चार हातसहित कमलको आसनमा बसिरहेको र काखमा कुमार स्कन्दलाई अँगालो हालेर चित्रण गरिएको पाइन्छ। यस कारण उनलाई ‘पद्मासना’ नामले पनि चिनिन्छ। मातृत्वको प्रतीक मानिने स्कन्दमाताको आराधनाले भक्तजनलाई शान्ति, समृद्धि र मोक्ष प्रदान गर्ने विश्वास छ।

नवरात्रभरि प्रत्येक दिन फरक–फरक देवीको पूजा गर्ने परम्परा छ। मार्कण्डेय पुराणअनुसार शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री गरी नौ रूपलाई ‘नवदुर्गा’ भनिन्छ।

यस अवसरमा राजधानीलगायत देशभरका मन्दिर र शक्तिपीठमा विशेष पूजाआजा, भजन–कीर्तन र भक्तजनको भीड देखिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय