spot_img

मुलुकलाई निकास दिन दलहरूले बढी भूमिका खेल्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

spot_img
spot_img

काठमाडौं,११ असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा देखिएको सङ्कट समाधानका लागि राजनीतिक दलहरूले जिम्मेवार र सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताएकी छन्।

शुक्रबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मुलुक सधैं संकटमा रहन नसक्ने भन्दै राजनीतिक दल, नागरिक समाज र नयाँ पुस्ताबीच सहकार्य आवश्यक रहेको औंल्याइन्।

“हामी सबैले आफ्नो–आफ्नो स्थानबाट भूमिका खेल्नुपर्छ। तर मुख्य जिम्मेवारी राजनीतिक दलकै हो। दलहरूले जनतामाझ पुगेर सुझाव लिनु र पार्टीभित्र समन्वय गर्नुपर्ने देखिन्छ,” उनले भनिन्।

भण्डारीले दलका नेताहरू बाहिर धेरै बोल्ने तर पार्टीभित्र काम नगर्ने प्रवृत्तिको आलोचना गर्दै नयाँ पुस्ताको माग र मनोभावनालाई सम्बोधन गर्नुपर्नेमा जोड दिइन्।

उनले राष्ट्रिय एकता, शान्ति र स्थायित्वमा विशेष ध्यान दिएर मुलुकलाई युग सुहाउँदो निर्माणमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याइन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय