Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

त्रिभुवन विमानस्थल हुँदै ६ हजार भारतीयलाई एनओसीबिनै तेस्रो मुलुक पठाइयो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,११ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा ठूला मात्रामा मानव तस्करी भएको तथ्य सार्वजनिक भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा सहसचिव तीर्थराज भट्टराई अध्यागमन कार्यालय प्रमुख रहँदा साढे ७ महिनामा करिब ६ हजार भारतीय नागरिकलाई ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) बिना नै अमेरिका, क्यानडा र युरोपका मुलुकतर्फ पठाइएको खुलेको हो।

छानबिनमा ती भारतीयबाट प्रति व्यक्ति एकदेखि दुई हजार अमेरिकी डलरसम्म उठाइएको र रकम बिचौलियादेखि गृह प्रशासनसम्म पुगेको आशंका गरिएको छ। सुरुमा शिख समुदायका सयौँ व्यक्ति गैरकानुनी रूपमा तेस्रो मुलुक पुगेको पत्ता लागेपछि आयोगले निगरानी कडा बनाएको थियो।

सहसचिव भट्टराई स्वयं ट्राभल एजेन्सीसँग नियमित सम्पर्कमा रहेको, फोन र बैंक कारोबारको विवरणले प्रमाणित गरेको छ। उनले संलग्न रकम व्यवस्थापनमा अन्य कर्मचारी र निकट सहयोगीलाई समेत प्रयोग गरेको देखिएको छ।

आयोगले भट्टराईसहितका मोबाइलको डिजिटल फरेन्सिक परीक्षणसमेत गरेर अनुसन्धान टुंग्याएको छ। अब यस प्रकरणमा संलग्न सबैविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहेको अख्तियारका अधिकारीले बताएका छन्।

यही क्रममा ९५ किलो सुन तस्करीमा मुछिएका भारतीय अभियुक्तहरू पनि एनओसीबिनै त्रिभुवन विमानस्थलमार्फत भागेको प्रमाण फेला परेको छ। यसले नेपाल–भारत सीमाबाट हुने गैरकानुनी गतिविधिमा उच्चस्तरीय संलग्नताको शंका अझै गहिरिएको छ।

यता, यसअघि स्पेनमा ‘संयुक्त राष्ट्रसंघीय सम्मेलन’का नाममा युवालाई पैसाको बलमा विदेश पठाउने अर्को प्रकरण भने दूतावासस्तरीय समन्वय अभावले अलपत्र परेको देखिएको छ।

ताजा समाचार

थप समाचार