spot_img

झुला बिग्रिँदा यात्रु अड्किए, सेनाले गरे उद्धार

spot_img
spot_img

 जनकपुर,११ असोज । विजया दशमीको अवसरमा राजदेवी मन्दिर परिसरमा राखिएको झुला बिग्रिँदा यात्रुहरू केही समय झुलामै अड्किएका छन्। शुक्रबार राति करिब साढे ८ बजे अचानक झुला टुटेपछि सवारहरू माथि नै फस्दा त्रास फैलिएको थियो।

उद्धारका लागि नेपाली सेनाको टोली तत्काल घटनास्थल पुगेको थियो। सेनाले सुरक्षित रूपमा यात्रुहरूलाई तल झारेर उद्धार गरेको जनाइएको छ। झुला एक पटकमा ६० भन्दा बढी यात्रु बोकेर चल्ने भएकाले घटना हुँदा झुला भरिभराउ थियो।

क्षतिको आधिकारिक विवरण भने सार्वजनिक भइसकेको छैन। मेला आयोजक समितिसँग सम्पर्क हुन नसकेकाले थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय