spot_img

शिक्षकलाई तलब नदिए प्रधानाध्यापकविरुद्ध कारबाही हुने : मन्त्री पुन

spot_img
spot_img

काठमाडौँ, ११ असोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकलाई तोकिएको समयमा तलब नदिने विद्यालयका प्रधानाध्यापकविरुद्ध कारबाही गर्ने चेतावनी दिएका छन्।

मन्त्री पुनका अनुसार शिक्षा मन्त्रालयबाट तलब रकम पहिले नै विद्यालयमा पठाइसकिएको छ, तर कतिपय प्रधानाध्यापकले अझै तलब वितरण नगरेको गुनासो प्राप्त भएको छ। उनले सामाजिक सञ्जालमार्फत शनिबार जारी वक्तव्यमा भने, “यदि आइतबारसम्म शिक्षकलाई पारिश्रमिक उपलब्ध नगराइयो भने सम्बन्धित प्रधानाध्यापकविरुद्ध प्रचलित कानुनअनुसार कारबाही गरिनेछ।”

शिक्षकहरूको हकहितमा सरकारले दृढता देखाउने भन्दै मन्त्री पुनले दसैँ–तिहार जस्ता प्रमुख चाडपर्वमा तलब नदिने कार्य अस्वीकार्य भएको पनि स्पष्ट पारेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय