Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026
Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026

क्यान्सर उपचारमा सरकार प्रतिबद्ध,...

काठमाडौं,२४ माघ । स्वास्थ्यमन्त्री डा सुधा शर्मा गौतमले क्यान्सर रोगको उपचारमा सरकारले कुनै...

सर्वोच्च अदालतको आदेश कार्यान्वयनको...

काठमाडौँ,२४ माघ । ब्रिटिस गोर्खा भूतपूर्व सैनिक सङ्गठन (विगेसो)ले सर्वोच्च अदालतको निर्देशनात्मक आदेश...

आचारसंहिता उल्लङ्घन आरोपमा सुर्खेतमा...

‎‎सुर्खेत,२४ माघ । सुर्खेत प्रहरीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै ‘द डेन्जरस स्कुल’...

नेशनल मेडिकल कलेज र...

बीरगन्ज,२४ माघ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र मानवसेवा आश्रम, बीरगन्जबीच...
spot_img

व्यापारीमाथि धम्की र घुस माग्ने आरोपमा प्रहरीमाथि छानबिनको माग

spot_img

बीरगन्ज,११ असोज । बीरगन्ज बसपार्क चौकीका सहायक निरीक्षक धिरेन्द्र थपलियामाथि व्यापारीसँग घुस माग्ने, धम्की दिने र अनैतिक गतिविधि संरक्षण गर्ने गम्भीर आरोप लागेको छ।

पीडित व्यवसायीहरूले बताएका छन् कि दशैं खर्च नदिएको कारण आफूलाई दादागिरी शैलीमा फसाउने, उठाएर लग्ने र हात हालेर अपमान गर्ने धम्की दिइएको छ। उनीहरूले घटना प्रमाणित गर्न भिडियो समेत सुरक्षित गरेको बताएका छन्।

व्यापारीहरूले थप आरोप लगाए कि बसपार्क क्षेत्रमा सञ्चालित होटल–रेस्टुरेन्ट र रक्सी पसलहरू प्रहरी संरक्षणमा राति अबेरसम्म खुलेआम सञ्चालन भइरहेका छन्। दिनभर साना पसल खोलेर जीविका चलाउने व्यवसायीमाथि भने बारम्बार सिपाही पठाएर असुली गर्ने र पैसा नदिए धम्की दिने कार्य भइरहेको दाबी गरेका छन्।

स्थानीय व्यवसायी र बासिन्दाले सम्बन्धित निकायलाई दोषीलाई तत्काल कारबाही गर्न माग गरेका छन् र घटना गम्भीर ढंगले छानबिन गर्न जोड दिएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय