spot_img

“बालेनहरूको खेल सफल हुन दिँदैनौं” : एमाले नेता बस्नेत

spot_img
spot_img

काठमाडौं,११ असोज । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले संविधान र लोकतन्त्र नष्ट गर्ने षड्यन्त्र भइरहेको आरोप लगाउँदै आफ्नो पार्टीले यस्तो प्रयास कहिल्यै सफल हुन नदिने बताएका छन्।

शनिबार भक्तपुरको गुण्डुमा युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले भने, “सावधान, एमाले छ, युवा संघ छ, कांग्रेस छ, लोकतान्त्रिक दलहरू छन्। हामी लोकतन्त्र मार्न दिँदैनौं, संविधान जलाउन दिँदैनौं, संसदीय व्यवस्था ध्वस्त हुन दिँदैनौं।”

बस्नेतले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) को गतिविधिप्रति पनि प्रहार गर्दै, विदेशी प्रभावमा युवा पुस्तालाई अपराध र आतंकतर्फ धकेल्ने खेललाई एमालेले असफल पार्ने चेतावनी दिए।उनले भने, “हामी नेपालको राष्ट्रियता अपहरण हुन दिँदैनौं। संयुक्त राष्ट्रसंघ वा विदेशीहरूको रणभूमि नेपाल बन्न दिँदैनौं। जेनजी पुस्तालाई अन्तर्राष्ट्रिय एजेन्टको खेलमा फसाउने बालेनहरूको योजना सफल हुन दिँदैनौं।”

कार्यक्रममा उनले हालैका घटनाप्रति एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि मुलुकलाई एम्बुसमा पार्ने प्रयास भएको आरोपसमेत लगाए।

उनका अनुसार, “ओलीले राजीनामा दिनु अघिसम्म सिंहदरबार, संसद् वा सर्वोच्च अदालतमा आगजनी भएको थिएन। तर उहाँले राजीनामा दिएपछि मात्रै ती संस्थामाथि आक्रमण भयो। हजारौं कैदी भगाइए, प्रहरीका हतियार लुटिए। यसरी नेपाललाई योजनाबद्ध रूपमा संकटतर्फ धकेलियो।”

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय