spot_img

जेनजी शहीदको रगत नबिर्सन अन्तरिम सरकारलाई राप्रपाको चेतावनी

spot_img
spot_img

काठमाडौ,११ असोज । भ्रष्टाचार र राजनीतिक विकृतिविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। शनिबार आयोजित प्रदर्शनमा नेता–कार्यकर्ताले कालो टिसर्ट र विभिन्न प्लेकार्डसहित सरकारविरुद्ध नाराबाजी गरे।

‘भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो’ भन्ने लेखसहितका टिसर्ट लगाएका कार्यकर्ताले भ्रष्टाचारीमाथि कारबाही, प्रदेश खारेजी, राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना, संविधान पुनर्लेखन र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको माग प्रस्तुत गरे।

साथै, प्रदर्शनकारीहरूले “७५ जनाको बलिदान, फेरि यही संविधान होइन”, “जेनजीका हत्यारालाई कारबाही गर”, “२०४६ सालपछि उच्च पदमा पुगेकाहरूको सम्पत्ति छानबिन गर” जस्ता मागसहितका प्लेकार्ड बोकेका थिए।

कार्यक्रममा बोल्दै नेतृ खुम्बु ओलीले जेनजी आन्दोलनलाई दबाउने कुनै पनि प्रयास अस्वीकार्य हुने चेतावनी दिइन्। उनले भनिन्, “अन्तरिम सरकारले शहीदहरूको बलिदान र क्रान्तिको भावना विपरीत जाने प्रयास गरेको छ। दमनको आदेश दिनेहरूलाई कारबाही नगरी, भ्रष्टाचार छानबिनका लागि आयोग गठन नगरी सरकारले आफ्नो जिम्मेवारी पूरा गरेको छैन।”

राप्रपाले जेनजी आन्दोलनमा बलिदान भएकाहरूको योगदानलाई सम्मान गर्दै अन्तरिम सरकारले शहीदको रगतलाई नजरअन्दाज नगर्न र आन्दोलनका माग सम्बोधन गर्न तत्काल पहल गर्नुपर्ने चेतावनी दिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय