spot_img

सूर्या नेपालद्वारा बीरगन्ज महानगरलाई विद्युतीय उपकरण सहयोग

spot_img
spot_img

बीरगन्ज,११ असोज । जेनजी आन्दोलनका क्रममा अराजक समूहले तोडफोड र आगजनी गर्दा ध्वस्त बनेको बीरगन्ज महानगरपालिकाको कार्यालय पुनःसञ्चालनका लागि सूर्या नेपाल प्रालिले सहयोग स्वरूप कम्प्युटर, ल्यापटप र प्रिन्टर प्रदान गरेको छ।

गत भदौ २४ गतेको घटनामा भवनसहित सम्पूर्ण उपकरण जलेर नष्ट भएपछि महानगरपालिकाको प्रशासनिक काम ठप्प भएको थियो। उक्त अवस्थालाई ध्यानमा राख्दै सूर्या नेपालले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दुई थान कम्प्युटर सेट (युपिएससहित), दुई थान ल्यापटप र दुई थान प्रिन्टर हस्तान्तरण गरेको हो।

शनिबार सूर्या नेपालका प्रतिनिधि प्रभाकर विक्रम शाहले महानगर कार्यालयमै पुगेर उपकरण मेयर राजेशमान सिंहलाई बुझाए। सहयोग ग्रहण गर्दै मेयर सिंहले भने,

“संकटको घडीमा सूर्या नेपालले देखाएको साथ र सद्भाव प्रशंसनीय छ। यसले दैनिक कामकाज सहज बनाउन ठूलो मद्दत गर्नेछ।”

सूर्या नेपालका शाहले “नगरपालिकाको सम्पत्ति जल्नु भनेको नागरिककै सम्पत्ति नष्ट हुनु” भन्दै सबै मिलेर पुनर्निर्माणमा जुट्नुपर्ने बताए। त्यस्तै, उद्योग प्रमुख सुरेश काजी श्रेष्ठले वीरगञ्जलाई सहयोग गर्न पाउँदा सन्तोष लागेको बताए।

उपकरण हस्तान्तरण कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्ण, सूर्या नेपालका सिनियर म्यानेजर यज्ञ आलेलगायतको सहभागिता थियो।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय