spot_img

आज एमाले सचिवालय बैठक : जेन–जी आन्दोलनमा ओली प्रश्नको घेरामा

spot_img
spot_img

काठमाडौं,१२ असोज । जेन–जी आन्दोलनपछि पहिलो पटक एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। बैठक अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर, गुन्डुस्थित निवासमा हुने तय भएको छ।

२३ भदौको आन्दोलन र २४ गतेको प्रदर्शनमा ७४ जनाको मृत्यु र दुई हजारभन्दा बढी घाइते भएपछि एमालेभित्रै नेतृत्वको भूमिकाबारे प्रश्न उठ्दै आएको छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे, सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्टलगायत नेताहरूले आन्दोलनपछिको विषम परिस्थितिमा पार्टी नेतृत्वको पुनर्गठन आवश्यक रहेको आवाज उठाएका छन्।

तर ओलीले भने आन्दोलनमा भएको मानवीय क्षतिको जिम्मेवारी लिन अस्वीकार गर्दै आएका छन्। उनले ‘सरकारले ताकीताकी गोली चलाउने आदेश दिएको थिएन, घुसपैठमार्फत षड्यन्त्र भयो’ भन्दै छानबिनमा जोड दिएका छन्। शनिबार सार्वजनिक कार्यक्रममा पनि ओलीले आन्दोलन नियन्त्रणबाहिर गएको स्वीकार गर्दै आफूलाई दोषी देखाउने प्रयास भएको आरोप लगाए।

बैठकमा आन्दोलनका कारण उत्पन्न राजनीतिक संकट, मानवीय क्षति र पार्टी नेतृत्वप्रति उठेका प्रश्नबारे समीक्षा हुने एमाले नेताहरूले बताएका छन्। उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेको राजनीतिक अवस्थाबारे गम्भीर छलफल गरी आगामी कदम तय गरिने जानकारी दिए।

ओलीले भने जेन–जी आन्दोलनमा कुनै षड्यन्त्र नगरेको दाबी गर्दै आयोगमार्फत सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन्। साथै उनले हाल सामाजिक सञ्जालमार्फत आक्रमणको धम्की आइरहेको तर सरकारले सुरक्षा नदिएको गुनासो पनि गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय