Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...

हिमाचलको सोलानमा ग्यास विस्फोट...

भारतको हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की भन्ने ठाउँमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९...
spot_imgspot_imgspot_img
13.1 C
Kathmandu
16.4 C
Birgunj
spot_img

जेनजी आन्दोलनमा प्रहरीद्वारा ६५ सयभन्दा बढी गोली प्रहार

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१२ असोज । जेनजी आन्दोलनका क्रममा प्रहरीले ६५ सयभन्दा बढी गोली प्रहार गरेको आन्तरिक विवरण सार्वजनिक भएको छ। प्रहरी प्रधान कार्यालयले तयार पारेको आन्तरिक रिपोर्ट अनुसार भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा प्रहरीले करिब ४ हजार जङ्गी राउन्ड र २५ सयभन्दा बढी रबर बुलेट प्रहार गरेको हो।

प्रदर्शन नियन्त्रण तथा हतियार खर्चको विस्तृत विवरण अन्वेषण योजना तथा विकास निर्देशनालयका डीआईजी दीपक रेग्मीको नेतृत्वमा गठित समितिले तयार पारेको हो। उक्त प्रतिवेदन प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुवेर खापुङलाई बुझाइएको छ।

प्रहरीको रिपोर्ट अनुसार सो प्रदर्शनमा देशभर झन्डै ८ हजार सेल अश्रुग्याँस प्रयोग गरिएको छ। काठमाडौं उपत्यकामा मात्रै ४ हजार सेल अश्रुग्याँस प्रहार गरिएको बताइएको छ। बानेश्वर, माइतिघर, कालीमाटी, थिमी र मालिगाउँ प्रमुख प्रभावित क्षेत्र रहेका थिए।

उपत्यका बाहिर प्रहरी प्रधान कार्यालयको सुरक्षा सुनिश्चित गर्न १३ सय राउन्ड अश्रुग्याँस प्रयोग गरिएको उल्लेख छ भने मधेस प्रदेशमा मात्र ६ सय सेल अश्रुग्याँस प्रहार गरिएको हो।भीड नियन्त्रणका लागि प्रहरीले २५ सयभन्दा बढी ब्ल्यांक राउन्ड पनि फायर गरेको बताइएको छ। ब्ल्यांक राउन्ड आवाज निकाल्ने मात्र हो, यसले प्रत्यक्ष क्षति गर्दैन। तर व्यापक रुपमा यस प्रयोगको आलोचना भइरहेका बेला यो विवरणले थप प्रश्न उठाएको छ।

प्रहरीको यस रिपोर्टले जेनजी आन्दोलनका क्रममा सुरक्षा निकायले ठूलो मात्रामा बल प्रयोग गरेको देखाएको छ। यसले आन्दोलनको प्रकृति, प्रहरीको प्रतिक्रिया र भविष्यमा यस्ता आन्दोलन नियन्त्रणमा अपनाइने रणनीतिबारे गम्भीर बहसको आवश्यकता देखाएको छ।

ताजा समाचार

थप समाचार